Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जीतपुरमा मोटरसाइकल दुर्घटना: एक युवकको मृत्यु, एक घाइते

बाराको जीतपुरमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

 

दुर्घटनामा मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३२ निवासी २५ वर्षीय लक्की सहनी रहेका छन्। वीरगन्जबाट आउँदै गरेको ना ५२ प ४४१२ नम्बरको मोटरसाइकल बिहान करिब ३ बजे जीतपुरको रातोपुल नजिक सडकछेउको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १९ वर्षीय सुरज ठाकुर घाइते भएका छन्। उनको खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको र हाल बयोधा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

 

प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्