जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित प्रगतिशील खेलमैदानमा वैशाख १९ गतेदेखि अन्डर–१९ डुमरवाना क्रिकेट च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगितामा दुई समूहमा विभाजन गरी कुल ६ वटा टोली सहभागी हुनेछन्।
प्रतियोगितामा बारा, पर्सा, सर्लाही, रौतहट, सप्तरी तथा प्रगतिशील युवा क्लबका टोलीबीच प्रतिस्पर्धा हुने तालिका सार्वजनिक गरिएको छ। सबै खेल बिहान १० बजेदेखि सुरु हुनेछन् भने फाइनल खेल वैशाख २६ गते सोही मैदानमा सम्पन्न हुनेछ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता प्रगतिशील युवा क्लबद्वारा आयोजना गरिएको हो भने मुख्य सहयोगीका रूपमा जीतपुरसिमरा उपमहानगरपालिका र वडा नं. १५ रहेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्