Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जीतपुरको ६ लेन सडक अँध्यारोमा, सडकबत्ती बन्द—लापरबाही कि भ्रष्टाचार ?

वीरगञ्ज–पथलैया ६ लेन सडक अन्तर्गत जीतपुर क्षेत्रमा जडान गरिएका सडकबत्तीहरू अधिकांश स्थानमा बन्द भएपछि स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडकमा रात पर्दा अँध्यारो छाउँदा सुरक्षा जोखिम बढेको भन्दै सरकारी कामको गुणस्तरमाथि प्रश्न उठ्न थालेको हो।

स्थानीयका अनुसार सुरुमा सञ्चालनमा रहेका सडकबत्तीहरू केही समयमै बिग्रिन थालेका हुन्। हाल धेरैजसो पोलका बत्ती नबल्दा रातको समयमा सवारी साधन सञ्चालन र पैदलयात्रु दुवैका लागि सडक जोखिमपूर्ण बनेको छ।

अँध्यारो सडकका कारण दुर्घटनाको सम्भावना बढेको भन्दै सर्वसाधारण त्रसित बनेका छन्। विशेषगरी साँझ र रातको समयमा यात्रा गर्नेहरूलाई बढी समस्या हुने गरेको स्थानीयको गुनासो छ।

सडकबत्ती बिग्रिनुको कारणबारे सम्बन्धित निकायले स्पष्ट जानकारी दिएको छैन। यसले सडकबत्ती जडानमा ठेकेदारको लापरबाही भएको हो कि सम्बन्धित निकायभित्रै अनियमितता भएको हो भन्ने आशंका बढाएको छ।

यति ठूलो बजेटमा निर्माण गरिएको परियोजनामा छोटो समयमै समस्या देखिनु गम्भीर विषय भएको स्थानीयहरूको भनाइ छ। उनीहरूले तत्काल मर्मत तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

हालसम्म यस विषयमा सडक विभाग वा अन्य सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आएको छैन।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्