Friday, July 31, 2026
शुक्रबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पर्सामा अवैध सालको काठ बरामद, तस्कर फरार

पर्साको पर्सागढी नगरपालिका क्षेत्रबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ बरामद गरेको छ।

आइतबार बिहान प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी चौकी बढनियारबाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा खटिएको टोलीले राष्ट्रिय वन क्षेत्रबाट काटिएको काँचो सालको काठ नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पर्सागढी नगरपालिका–४ बारवाटाडीस्थित एक आँपको बगैंचामा काठ लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। प्रहरी टोली पुगेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू दुई थान साइकल र चार थान सालको गोलिया छाडेर फरार भएका थिए।

बरामद गरिएको काठ हाल प्रहरी चौकी बढनियारको नियन्त्रणमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्