Friday, July 31, 2026
शुक्रबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बीरगञ्जमा ६ लाखभन्दा बढीका अवैध औषधि बरामद

सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म बीरगञ्जले ठूलो परिमाणमा अवैध औषधि बरामद गरेको छ।

गएराति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले बीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा यात्रुवाहक बसहरूको जाँच गर्ने क्रममा बिलविजकविहीन औषधि फेला पारेको हो।

बरामद औषधिमा २,१०१ पत्ता सिल्डिनाफिल ट्याब्लेट, २६७ पत्ता प्रेगआउट किट र १२५ वटा एरोसल स्प्रे रहेका छन्। सशस्त्र प्रहरीका अनुसार ती औषधिको अनुमानित मूल्य ६ लाख २६ हजार रुपैयाँभन्दा बढी रहेको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा उक्त औषधिहरू यौनवर्धक तथा गर्भनिरोधक प्रयोजनका रहेको बुझिएको छ।

बरामद औषधि आवश्यक कानुनी प्रक्रियाका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको गुल्मपति डीएसपी विकास अधिकारीले जानकारी दिएका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्