वीरगन्जका लागि iCAR को आधिकारिक विक्रेता दर्शी अटोमोबाइल्स प्रालिले बहुप्रतीक्षित लाइफस्टाइल इलेक्ट्रिक SUV iCAR V23 लाई वीरगन्जमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
वीरगन्जस्थित ओमोडा एण्ड जेको (Omoda & Jaecoo) शोरूम मा आयोजित विशेष समारोहका बीच iCAR V23 को भव्य अनावरण गरिएको हो। यससँगै मधेस प्रदेशमा प्रिमियम तथा उच्च प्रदर्शन क्षमताका विद्युतीय सवारी साधनको विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ।
सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह को उपस्थिति रहेको थियो। साथै दर्शी अटोमोबाइल्स प्रालिका निर्देशकहरू, सञ्चारकर्मी, ग्राहकहरू तथा SPG अटोमोबाइल्स प्रालि का प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अटोमोबाइलप्रेमी तथा वातावरणप्रति सचेत उपभोक्ताको उत्साहजनक उपस्थिति देखिएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले विद्युतीय सवारी साधनले वातावरण संरक्षण, इन्धन खर्च न्यूनीकरण तथा दिगो यातायात प्रणाली विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। मधेस प्रदेशमा प्रिमियम इलेक्ट्रिक SUV को माग तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै iCAR V23 ले उपभोक्तालाई नयाँ र आकर्षक विकल्प प्रदान गर्ने विश्वास व्यक्त गरियो।
“Born to Play” भन्ने विश्वव्यापी अवधारणाअन्तर्गत डिजाइन गरिएको iCAR V23 एक रेट्रो–प्रेरित, पूर्ण विद्युतीय अफ–रोड SUV हो। क्लासिक रग्ड डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन रहेको यस गाडीलाई कम्पनीले परम्परागत पेट्रोल तथा डिजेल सवारी साधनको दिगो, शक्तिशाली र स्टाइलिश विकल्पका रूपमा प्रस्तुत गरेको छ। यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
प्राविधिक रूपमा iCAR V23 मा ५९.९३ kWh क्षमताको LFP ब्याट्री र १०० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा ४०१ किलोमिटर (CLTC) सम्मको रेन्ज प्रदान गर्छ। २१० एमएम ग्राउन्ड क्लियरेन्स, क्लासिक गोलो हेडलाइट र आकर्षक बक्सी (Boxy) डिजाइनका कारण यो गाडी शहरी सडकदेखि अफ–रोड यात्रासम्म उपयुक्त रहेको छ।
भित्री सुविधातर्फ, iCAR V23 मा १५.४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, आधुनिक डिजिटल इन्टरफेस तथा सुरक्षाका लागि लेभल–२ ADAS (Advanced Driver Assistance System) फिचरहरू समावेश गरिएका छन्। पछाडिका सिट फोल्ड गर्दा ७४४ लिटरको विशाल ट्रंक स्पेस उपलब्ध हुने भएकाले पारिवारिक तथा साहसिक यात्राका लागि समेत यो गाडी उपयोगी रहनेछ।
प्रिमियम लाइफस्टाइल इलेक्ट्रिक SUV सेगमेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको iCAUR V23 को डेलिभरी, यसअघि नै प्रि–बुकिङ गरेका ग्राहकहरूका लागि SPG अटोमोबाइल्स प्रालिको नेपालभर रहेको आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार iCAR V23 ले मधेस प्रदेशसहित नेपालमा विद्युतीय सवारी साधनको नयाँ अनुभव र मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्