Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पिलुवामा आगलागी नियन्त्रण र एलपी ग्यास सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवामा आगलागी नियन्त्रण तथा एलपी ग्यास सुरक्षासम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

पिलुवास्थित ग्यास वान नेपाल प्रा.लि.को आयोजनामा उद्योग परिसरमै सञ्चालन गरिएको उक्त कार्यक्रममा काठमाडौंको चाबहिलस्थित स्टार सेफ्टी सर्भिस प्रा.लि.ले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रममा ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, सिलिन्डरको संरचना तथा सुरक्षित प्रयोगका विधिबारे सहभागीहरूलाई विस्तृत जानकारी दिइएको थियो।

कार्यक्रममा ग्यास चुहावट वा पाइपमा आगलागी भएको अवस्थामा तत्काल अपनाउनुपर्ने सावधानीबारे व्यवहारिक डेमो प्रस्तुत गरिएको थियो। साथै, आपतकालीन अवस्थामा आत्मरक्षा तथा क्षति न्यूनीकरणका उपायहरूबारे समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

वडा नं. १६ का अध्यक्ष हरिदेव खरेलले यस्ता जनचेतनामूलक कार्यक्रमले उद्योग, घरपरिवार र समुदायमा हुने सम्भावित दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले ग्यासको सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरे।

कार्यक्रममा सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए। कार्यक्रमअन्तर्गत लक्की ड्र मार्फत ६ जना सहभागीलाई ग्यास सिलिन्डरसहित ग्यास चुलो वितरण गरिएको थियो।

ग्यास वान नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक हिडेकि फुकुईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रतिनिधि, स्थानीय विद्यार्थी, उपभोक्ता तथा उद्योगका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका कर्मचारी राजकुमार गुरुङले व्यक्त गरेका थिए भने शिक्षाविद् राधेश्याम शिवाकोटी, सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेल, युवा व्यवसायी रुपेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उद्योगका प्रबन्धक सरोजराज ढकालले गरेका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्