Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पूर्वमन्त्री-जितेन्द्र-देव-एमाले-छोडे

१९ माघ, काठमाडौं। संविधान सभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले छोडेका छन्। उनले आज जारी गरेको विज्ञप्तिमार्फत पार्टी परित्यागको जानकारी दिएका हुन्।

विज्ञप्तिमा देवले भनेका छन् कि पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लग्ने, स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने नीति र व्यवहारसँग असहमत भएर उनले एमाले छाडेको हुन्।

सप्तरीका देव लामो समयसम्म एमालेमा रहेका थिए। तर पछि उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेर संविधान सभा सदस्य बनेका थिए। त्यसपछि फोरम लोकतान्त्रिक कांग्रेससँग विलय भएपछि देव पनि कांग्रेसमा गए र राष्ट्रियसभा सदस्य बने।

२० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी १७ असार २०८१ मा पुनः एमालेमा फर्किएका थिए।

एमाले पृष्ठभूमिबाट देव बौद्धिक युवाको रूपमा परिचित थिए। पार्टीले उनलाई नागरिकता अनुगमन तथा कार्यमूल्यांकन समितिको अध्यक्ष समेत बनाएको थियो।

उनले पार्टीभित्र कतिपय असन्तोषका बाबजुद लामो समय काम गरेका थिए। तर पार्टीले व्यक्तिवाद र स्वेच्छाचारी ढंग अपनाएपछि आज देवले एमाले छोड्ने निर्णय गरेका हुन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्