Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

२५ माघ, काठमाडौं – झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।

केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार, जिल्ला सरकारी वकिल काठमाडौंको आदेशअनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो। प्रहरीले उनलाई शुक्रबार दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो, जब उनी काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ यात्रा गरिरहेका थिए।

प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्ने अभिव्यक्ति दिन थालेका थिए। उनी १९ माघमा चितवन पुगेका थिए र राजसंस्था पुनःस्थापन नभएसम्म निर्वाचन नहुने बताएका थिए। प्रशासनले तोकेको स्थानभन्दा बाहिर कार्यक्रम गर्दा केही समय तनावको स्थिति पनि सिर्जना भएको थियो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्