Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

देउवा यस चुनावी अभियानमा कुनै सभामा सहभागी नहुने

२५ माघ, काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यस चुनावी अभियानमा कुनै पनि सभामा सहभागी नहुने भएका छन्।

उनको सचिवालयले देउवा चुनावी सभा वा अन्य कुनै कार्यक्रममा सहभागी हुने योजना नरहेको जानकारी गराएको छ। केही सञ्चारमाध्यममा देउवा अभियानमा सक्रिय हुने समाचार आएपछि सचिवालयले स्पष्ट पारेको हो।

‘चुनावी सभा वा अन्य कुनै कार्यक्रममा जाने तयारी छैन’, देउवाको सचिवालयले भन्यो। गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसले नेतृत्व फेरिसकेको छ र त्यसयता देउवा पार्टी गतिविधिमा संलग्न छैनन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्