Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

पथलैया–निजगढ सडकखण्डमा बस दुर्घटना, १३ जना घाइते

बाराको पथलैया–निजगढ सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका–१६ सोह्रकिलो क्षेत्रमा आइतबार राति करिब १२ बजे दुर्घटना भएको हो। काठमाडौँबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४९७ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल पल्टिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा खटिएको टोलीले तत्काल घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो।

घाइते सबैको अवस्था सामान्य रहेको र उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जानकारी दिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्