Thursday, July 30, 2026
बिहीबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

वीरगन्जमा परीक्षा रद्दपछि विद्यार्थी आन्दोलन, घण्टाघरमा टायर बालेर प्रदर्शन

पर्साको वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को नियमित त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

आइतबारदेखि सञ्चालन हुने भनिएको परीक्षा कलेज प्रशासनले स्थगित गरेको सूचना जारी गरेलगत्तै परीक्षा दिन पुगेका विद्यार्थीहरू आक्रोशित बनेका हुन्।

आक्रोशित विद्यार्थीहरूले क्याम्पसको मुख्यद्वार अगाडि धर्ना दिँदै क्याम्पस प्रमुख, प्रशासन र सञ्चालक समितिविरुद्ध चर्को नाराबाजी गरेका छन्। उनीहरूले परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन गर्नुपर्ने र शैक्षिक गतिविधिमा अवरोध नहुनुपर्ने माग राखेका छन्।

विद्यार्थीहरूका अनुसार कलेजको आन्तरिक व्यवस्थापन, कर्मचारी र सञ्चालक समितिबीचको विवादका कारण पठनपाठन र परीक्षा पटक–पटक प्रभावित हुँदै आएको छ। आन्तरिक द्वन्द्वले आफ्नो भविष्यमाथि असर परेको आरोप लगाउँदै विद्यार्थीहरूले क्याम्पसबाट र्‍याली निकालेका थिए।

उक्त र्‍याली वीरगन्ज घण्टाघर चोकमा पुगेर चक्काजाम र टायर बालेर प्रदर्शनमा परिणत भएको थियो।

प्रदर्शनका क्रममा केही विद्यार्थी तोडफोडमा उत्रिएपछि प्रहरी र विद्यार्थीबीच सामान्य तनाव सिर्जना भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।

आन्दोलनरत विद्यार्थीहरूले निमित्त क्याम्पस प्रमुख रवीन्द्र यादवको राजीनामा माग गरिरहेका छन्। यता कलेज प्रशासनले भने परीक्षा स्थगित गर्नुको कारणबारे अहिलेसम्म कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्