Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बारामा सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद, मोटरसाइकल समेत नियन्त्रणमा

बारामा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वा र बि.ओ.पी. बेनौलीबाट खटिएको संयुक्त टोलीले नियमित गस्ती तथा चेकजाँचका क्रममा उक्त सामान नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक तथा गणका प्रवक्ता विक्रम मणि अधिकारीका अनुसार करिब ३ लाख रुपैयाँ बराबरका १९२ थान स्टिल जग, विभिन्न किराना सामग्री तथा अन्य सामान बरामद गरिएको छ। अवैध ओसारपसारमा प्रयोग गरिएको एक थान मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सशस्त्र प्रहरीले सीमाक्षेत्रमा हुने चोरीपैठारी तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी, पैदल गस्ती र चेकजाँचलाई थप कडाइका साथ सञ्चालन गर्दै आएको जनाएको छ। सीमा सुरक्षालाई प्रभावकारी बनाउन संगठन प्रतिबद्ध रहेको प्रवक्ता अधिकारीले बताए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्