Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बारामा एसईईका लागि ३० परीक्षा केन्द्र, १० हजार ८१४ विद्यार्थी सहभागी हुने

बारा — शिक्षा विकास तथा समन्वय इकाई बाराले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि जिल्लाभर ३० वटा विद्यालयमा परीक्षा केन्द्र तोकेको छ।

आगामी चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षामा बाराबाट साधारण नियमिततर्फ ८ हजार ३७७ जना विद्यार्थी सहभागी हुनेछन्। यस्तै, २०८० र २०८१ का ग्रेडवृद्धितर्फ १ हजार ९३३ जना तथा २०७९ का ६६ जना परीक्षार्थी सहभागी हुनेछन्।

प्राविधिक धारतर्फ नियमित ३७५ जना र ग्रेडवृद्धितर्फ ६३ जना गरी ४३८ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बाराका प्राविधिक सहायक उपेन्द्र चौधरीले जानकारी दिए। यससँगै जिल्लाबाट कुल १० हजार ८१४ जना परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन्।

यस वर्ष बाराबाट १०२ सामुदायिक र ५० संस्थागत गरी कुल १५२ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुनेछन्। परीक्षा केन्द्रको विस्तृत विवरण भने यही हप्ताभित्र सार्वजनिक गर्ने तयारी रहेको इकाईले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्