आसन्न निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले बारा क्षेत्र नं. ३ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। फाल्गुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै एमालेले घरदैलो, मतदाता भेटघाट र संगठन विस्तारका गतिविधि बढाएको हो।
बारा–३ बाट नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ज्वालाकुमारी साह उम्मेदवार रहेकी छन्। उनी यस क्षेत्रकी निवर्तमान सांसदसमेत हुन्। माघ ६ गते मनोनयन दर्ता गरेकी साहले त्यसयता मतदाता भेटघाटलाई प्राथमिकतामा राख्दै सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएकी छन्।
उनको चुनावी अभियानमा पार्टीका केन्द्रीय, जिल्ला, नगर, वडा र टोल कमिटीका नेताकार्यकर्ताहरू सक्रिय सहभागिता जनाइरहेका छन्। बुधबार उम्मेदवार साहले कलैया उपमहानगरपालिका–१६ अन्तर्गत पकडिया, मझौलिया, रामटोल, मुस्लिमटोल, कुशवाहा टोल र घाट श्रीपुरलगायतका टोलहरूमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेकी थिइन्।
भेटघाटका क्रममा साहले विगतमा आफूले गरेको काम, आगामी योजनाहरू र एमालेको नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै मतदातासँग समर्थन मागेकी छन्। स्थानीयस्तरमा देखिएको उत्साहले बारा–३ मा एमालेको जनमत बलियो बन्दै गएको संकेत गरेको नेताहरूले बताएका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्