Friday, April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 40.45 SELL AUD/NPR 104.55 SELL BHD/NPR 393.80 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बारामा रास्वपाको ‘क्लिन स्वीप’: क्षेत्र नं. २ मा चन्दन कुमार सिंह विजयी

सिमरा: बारा क्षेत्र नं. २ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन कुमार सिंह विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले ३५,५९० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीभन्दा २१,३९४ मतको स्पष्ट अन्तरले जित हात पारेका हुन्।

दोस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामकिशोर यादव रहे, जसले १४,१९६ मत पाएका छन्। नेपाली कांग्रेसका भैयाराम यादवले ११,८३७, नेकपा एमालेका बलबीर चौधरीले ७,२१३ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र कुशवाहाले १,३९६, नेपाली कम्युनिस्ट पार्टीका रमेशकुमार यादवले ९१०, र जनमत पार्टीका राजेश साहले ६६८ मत पाएका छन्।

यससँगै बाराका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको छ। यसअघि बारा क्षेत्र नं. १ मा गणेश धिमाल, क्षेत्र नं. ३ मा अरविन्द साह र क्षेत्र नं. ४ मा रहबर अन्सारी निर्वाचित भइसकेका थिए। धिमालले ३९,९९८, साहले ४०,६९७ र अन्सारीले ४१,२०० मत प्राप्त गरेका थिए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्