Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ८ जनाको मृत्यु, ४५ जना घाइते

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका छन्। दुर्घटना पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा भएको हो।

 

घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायका अनुसार, दुर्घटनामा परेका मृतकहरूमा बझाङका बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन्। त्यस्तै बझाङकै केदारस्यु गाउँपालिका–६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ की वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको पुष्टि गरिएको छ।

 

सुप्र–०२–००१ ख १११९ नम्बरको बस जन्ती र बेहुलीलाई लिएर बझाङको सुनकुडा तर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको थियो, जसका कारण ठूलो जनधनको क्षति भएको हो।

 

घाइतेहरूलाई तत्काल उद्धार गरेर नजिकका स्वास्थ्य संस्था र अस्पतालमा लगिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले उद्धार कार्य तीव्र रुपमा जारी राखेको जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र थप उपचारको आवश्यकता रहेको जनाइएको छ।

 

स्थानीयवासीले भने कि सडकको अवस्था साँघुरो र जोखिमपूर्ण रहेको हुँदा बसले मोड पार गर्दा नियन्त्रण गुमाएको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायहरूले घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाएका छन्।

 

प्रहरीले यात्रुहरूको विवरण संकलन गर्दै बसको चालक र अन्य जिम्मेवार व्यक्तिहरूको खोजी सुरु गरेको छ। यस घटनाले स्थानीय समुदायमा दुःख र चासोको लहर फैलाएको छ।

 

बस दुर्घटना कारण जन्ती तथा सामाजिक कार्यक्रमका क्रममा बढी यात्रु रहेको र सडक सुरक्षामा ध्यान पुर्याउनुपर्ने आवश्यकता रहेको प्रहरी अधिकारीहरूले बताए।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्