Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

निर्माणाधीन पुल भत्किँदा उत्तर प्रदेशमा ६ कामदारको मृत्यु

भारतको उत्तर प्रदेशस्थित हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ जना कामदारको मृत्यु भएको छ । बिहीबार अबेर राति पुल निर्माणको काम चलिरहेका बेला अचानक संरचना भत्किएपछि घटनास्थलमै कामदारहरू पुरिएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये दुई जना हमीरपुर र चार जना बान्दा जिल्लाका रहेका छन् । दुर्घटनामा भग्नावशेषमा पुरिएका थप तीन कामदारलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनापछि पुल निर्माणको गुणस्तर, प्राविधिक लापरवाही र सुरक्षा मापदण्डमाथि प्रश्न उठ्न थालेको छ । जिल्ला प्रशासन र लोक निर्माण विभागका अधिकारीहरूले घटनास्थल पुगेर निरीक्षण गरेका छन् भने दुर्घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ ।

उता, बिहीबार राति उत्तर प्रदेशका विभिन्न क्षेत्रमा तीव्र आँधी, वर्षा र चट्याङ परेको थियो । मौसम विभागले यसअघि नै खराब मौसमको चेतावनी जारी गरेको थियो । प्रारम्भिक अनुमानअनुसार खराब मौसमका कारण पुलको संरचनामा असर परेको हुन सक्ने आशंका गरिएको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्