Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

टिकटकर तुल्सा अधिकारी सोमबार मात्रै अदालत पेश गरिने

थाइल्याण्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीलाई सार्वजनिक बिदाका कारण सोमबार मात्र अदालत पेश गरिने भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्र का अनुसार आइतबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराउन नसकिने र सोमबार मात्रै पेश गरिने तयारी गरिएको हो।

इन्टरपोलमार्फत रेड नोटिस जारी भएपछि थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई थाइल्याण्ड प्रहरीले नेपाल प्रहरीलाई बुझाएको थियो। उनलाई इन्टरपोलको समन्वयमा शनिबार राति काठमाडौं ल्याइएको हो र हाल ललितपुर प्रहरीको हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर भइसकेको छ। ललितपुर जिल्ला अदालतमा दर्ता भएको मुद्दामा ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको बिगो उल्लेख गरिएको छ।

अनुसन्धानका क्रममा उनी चीनमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। यसअघि अनुसन्धान अघि बढेपछि उनले सामाजिक सञ्जालमार्फत प्रहरीमाथि आक्रोश व्यक्त गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी थिइन्।

यसैबीच, प्रहरीको अनुसन्धान अनुसार कुमार चिमोरिया नामका व्यक्तिले २२ साउन २०८२ मा प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए। पछि सम्पत्ति शुद्धीकरणको कसुरसमेत जोडिएपछि थप अनुसन्धान अघि बढाइएको थियो।

अब सोमबार अदालतमा पेश गरेपछि थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा रिहा गर्ने आदेश दिनेछ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्