Friday, June 05, 2026
शुक्रबार, जेठ २३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.19 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सिरहामा एसईईमा जफत ५०० मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट, सामाजिक सञ्जालमा बहस

सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा चिट चोर्न प्रयोग गरिएको आशङ्कामा जफत गरिएका करिब ५०० थान मोबाइल फोन तथा स्मार्टवाच प्रहरीले नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले परीक्षाको मर्यादा र अनुशासन कायम राख्ने उद्देश्यले विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका मोबाइल फोन र स्मार्टवाचहरू पानीमा डुबाएर नष्ट गरेको जनाएको छ।

प्रहरीका अनुसार एसईई परीक्षाका बेला परीक्षार्थीहरूले अनधिकृत रूपमा सञ्चार उपकरण प्रयोग गरी चिट चोर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै ती सामग्री जफत गरिएको थियो। जफत गरिएका उपकरणहरूलाई कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको जनाइएको छ।

यद्यपि, प्रहरीले मोबाइल र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले परीक्षामा प्रविधिको दुरुपयोग रोक्न गरिएको कदमको समर्थन गरेका छन् भने केहीले जफत गरिएका सामग्री नष्ट गर्नुको सट्टा अन्य वैकल्पिक उपाय अपनाउन सकिने टिप्पणी गरेका छन्।

यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सरकारी सम्पत्तिको व्यवस्थापन, कानुनी प्रक्रिया तथा जफत सामग्रीको संरक्षण सम्बन्धी प्रश्नसमेत उठाएका छन्।

प्रहरीले भने परीक्षालाई निष्पक्ष, व्यवस्थित र मर्यादित बनाउन आवश्यक कदम चालिएको स्पष्ट पारेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्