Thursday, July 30, 2026
बिहीबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

वीरगञ्जबाट भारतीय नाबालिका सिद्धि मिश्रा बेपत्ता, सूचना दिनेलाई १ लाख रुपैयाँ पुरस्कार

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रबाट एक भारतीय नाबालिका रहस्यमय रूपमा बेपत्ता भएकी छन्। भारतको बिहार राज्य निवासी सिद्धि मिश्रा वैशाख १६ गतेदेखि वीरगञ्ज क्षेत्रबाट सम्पर्कविहीन रहेको उनका परिवारजनले बताएका छन्।

परिवारका अनुसार सिद्धिको खोजीका लागि नेपाल तथा भारतका विभिन्न स्थानमा खोजतलास जारी राखिएको भए पनि हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।

नाबालिकाको खोजीलाई प्रभावकारी बनाउन बिहार प्रहरीका निरीक्षक मनोज कुमार शर्माले सिद्धिको अवस्थाबारे भरपर्दो सूचना उपलब्ध गराउने वा उनको सकुशल उद्धारमा सहयोग पुर्‍याउने व्यक्तिलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने घोषणा गरेका छन्।

प्रहरीले सिद्धिसम्बन्धी कुनै जानकारी भए वा उनलाई कतै देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ।

परिवारले पनि सिद्धिलाई सकुशल फेला पार्न सहयोग पुग्ने गरी उक्त सूचना व्यापक रूपमा फैलाइदिन सबैमा अपिल गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्