Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग, बजेटमा पुनर्विचार गर्न आग्रह

नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि सरकारले संसद्‌मा पेस गरेको बजेटमा आफूहरूको सेवासुविधा वृद्धि सम्बन्धी विषय समेट्न पुनः विचार गर्न माग गरेको छ ।

परिषद्ले आज विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलबमान, स्थायित्व तथा सामाजिक सुरक्षासम्बन्धी विषयमा बजेटमा स्पष्ट व्यवस्था आवश्यक रहेको जनाएको हो ।

परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिराम योगीद्वारा जारी विज्ञप्तिमा विद्यालय कर्मचारीका जायज मागहरू सम्बोधन गर्न शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, राजनीतिक दलका नेतृत्व तथा सम्बन्धित सरोकारवालासँग पटक–पटक छलफल र ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको उल्लेख गरिएको छ ।

बजेटमाथिको छलफल र पारित हुने प्रक्रियामा विद्यालय कर्मचारीको तलबमान, स्थायित्व, सामाजिक सुरक्षा तथा अन्य सेवासुविधासम्बन्धी माग स्पष्ट रूपमा समावेश गर्न परिषद्ले सरकारसँग आग्रह गरेको छ ।

परिषद्का अनुसार देशभर २७ हजार १० सामुदायिक विद्यालयमा ३० हजार ३४६ विद्यालय कर्मचारी कार्यरत छन् । तीमध्ये ७ हजार ६२३ विद्यालय सहायक र २२ हजार ७२३ विद्यालय सहयोगी रहेका छन् ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्