काठमाडौं, असोज १०, २०८३ । लायन्स क्लब्स इन्टरनेसनल, जिल्ला ३२५ के नेपालअन्तर्गत लायन्स क्लब काठमाडौं टेम्पल सिद्धिबिनायकको पहल तथा सहकार्यमा लायन्स क्लब काठमाडौं सर्राफ र लायन्स क्लब काठमाडौं गजाननको चार्टर हस्तान्तरण तथा संयुक्त पदस्थापन समारोह सम्पन्न भएको छ। काठमाडौंको सामाखुसीस्थित स्काई रेस्टुरेन्ट एन्ड ब्याङ्क्वेट्समा शनिबार आयोजित समारोहमा दुवै नयाँ क्लबलाई औपचारिक रूपमा चार्टर हस्तान्तरण गर्नुका साथै नवगठित क्लबका पदाधिकारी तथा सदस्यहरूको दीक्षान्त र पदस्थापनसमेत सम्पन्न गरिएको हो।
लायन्स क्लब काठमाडौं टेम्पल सिद्धिबिनायककी अध्यक्ष लायन दिब्यश्वरी श्रेष्ठ जोशी (२०२६/२७) ले लायन्स क्लब काठमाडौं सर्राफ र लायन्स क्लब काठमाडौं गजाननलाई औपचारिक रूपमा चार्टर हस्तान्तरण गर्नुभएको थियो। समारोहमा नयाँ क्लबका पदाधिकारी तथा सदस्यहरूलाई सेवा, नेतृत्व र लायन्सको उद्देश्यप्रति प्रतिबद्ध रहँदै सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउन शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रम जिल्ला ३२५ के नेपालका जिल्ला गभर्नर लायन रमेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। समारोहमा क्षेत्रीय अध्यक्ष लायन प्रेमप्रसाद शर्मा पौडेल, समूह प्रमुख लायन सुवर्ण कँडेल, जोन अध्यक्ष लायन बालसिंह पोखरेल तथा जोन अध्यक्ष लायन चन्दन सर्राफलगायत लायन्स नेतृत्वको उपस्थिति रहेको थियो। कार्यक्रममा नयाँ क्लबका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी प्रदान गर्दै आगामी दिनमा समुदायको आवश्यकता पहिचान गरी शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा सामाजिक सेवाका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिइएको थियो।
सोही अवसरमा लायन्स क्लब काठमाडौं टेम्पल सिद्धिबिनायकको आठौँ चार्टर दिवससमेत मनाइएको थियो। क्लबले स्थापना भएदेखि सामाजिक तथा मानवीय सेवाका विभिन्न क्षेत्रमा सक्रिय सहभागिता जनाउँदै आएको र आगामी दिनमा सेवाका गतिविधिलाई थप विस्तार तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
समारोहलाई सेवामूलक प्रतिबद्धतासँग जोड्दै लायन्स क्लब काठमाडौं टेम्पल सिद्धिबिनायकका सदस्यहरूले नेपाल लायन्स फाउन्डेसन तथा लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनमा व्यक्तिगत आर्थिक योगदानसमेत गरेका छन्। नेपाल लायन्स फाउन्डेसनतर्फ लायन रोशनी कार्की, लायन दिब्येश्वरी श्रेष्ठ जोशी र लायन प्रणिमा बैद्य जोशीले जनही रु. ५,१०० योगदान गरेका छन्। त्यसैगरी लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनतर्फ लायन पूर्णिमा भारतीले १०० अमेरिकी डलर तथा लायन सोनु माया गुरुङ र लायन निशा नेम्कुलले जनही ५० अमेरिकी डलर योगदान गरेका छन्।
संयुक्त समारोहमा सम्बन्धित क्षेत्र तथा जोनअन्तर्गतका विभिन्न लायन्स तथा लियो क्लबहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लायन्स क्लब काठमाडौं टेम्पल सिटी, लायन्स क्लब काठमाडौं हाम्रो संगम, लायन्स क्लब काठमाडौं हाम्रो नवज्योति, लायन्स क्लब काठमाडौं टेम्पल सिद्धिबिनायक, लायन्स क्लब काठमाडौं आशुतोष, लायन्स क्लब काठमाडौं टेम्पल चाँगुनारायण, लायन्स क्लब काठमाडौं सर्राफ, लायन्स क्लब काठमाडौं गजानन तथा लियो क्लब काठमाडौं टेम्पल सिद्धिबिनायकको सहभागिता रहेको थियो।
समारोहमा काठमाडौं स्वप्न वाटिका स्कुल एन्ड कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेको विविध सांस्कृतिक कार्यक्रम विशेष आकर्षण बनेको थियो। विद्यार्थीहरूको प्रतिभा, प्रस्तुति र उत्साहले समारोहलाई थप भव्य बनाएको थियो। उत्कृष्ट सांस्कृतिक प्रस्तुति प्रदान गरेकोमा विद्यालयका विद्यार्थी तथा विद्यालय परिवारप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। कार्यक्रमको व्यवस्थापन, समन्वय तथा सफल आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लायन सन्तोष सर्राफ तथा लायन महाप्रसाद पाण्डेप्रति पनि आयोजकले आभार व्यक्त गरेको छ।
जिल्ला ३२५ के नेपालका जिल्ला गभर्नर लायन रमेश अधिकारीको यस कार्यकालको मूल विषय “Leading with Purpose” अर्थात् “उद्देश्यसहितको नेतृत्व” लाई आत्मसात् गर्दै नयाँ क्लब तथा नयाँ नेतृत्वले सेवाका कार्यक्रमलाई योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। काठमाडौं सर्राफ र काठमाडौं गजाननको चार्टर हस्तान्तरणसँगै जिल्ला ३२५ के नेपालको लायन्स सेवायात्रामा दुई नयाँ अध्याय थपिएका छन्। नयाँ क्लबहरूले शिक्षा, स्वास्थ्य, मानवीय सहायता, सामाजिक सेवा तथा अन्य सेवामूलक क्षेत्रमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन्।
चार्टर हस्तान्तरण, संयुक्त पदस्थापन र आठौँ चार्टर दिवसको अवसरले लायन्स सेवामा नयाँ नेतृत्व र नयाँ ऊर्जाको सुरुवात गरेको छ। “Leading with Purpose” — उद्देश्यसहितको नेतृत्वमार्फत समुदाय सेवाको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धतासहित समारोह सम्पन्न भएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्