Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपाद्वारा आगामी स्थानीय तह निर्वाचनका लागि सुझाव आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र योग्यतामा आधारित बनाउन सरोकारवालासँग सुझाव आह्वान गरेको छ।

पार्टीले एक आधिकारिक पत्र जारी गर्दै मातहतका निकाय तथा सम्बन्धित पक्षहरूसँग राय–सुझाव माग गरेको हो। रास्वपाका अनुसार उम्मेदवार छनोट प्रणालीलाई समावेशी, निष्पक्ष र वैज्ञानिक बनाउन यो प्रक्रिया अघि बढाइएको हो।

यसअघि वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो।

त्यसपछि वैशाख १४ गते बसेको समितिको बैठकले देशभरका निर्वाचन क्षेत्र समितिहरूबाट वस्तुनिष्ठ सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो।

पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूलाई स्थानीय तहको अवस्थालाई ध्यानमा राखी विस्तृत छलफल गर्न र व्यवहारिक तथा कार्यान्वयनयोग्य सुझाव पेश गर्न निर्देशन दिएको छ।

रास्वपाले उम्मेदवारको योग्यता, क्षमता र जनस्तरमा रहेको लोकप्रियतालाई वैज्ञानिक ढंगले मूल्यांकन गर्ने प्रणाली विकास गर्ने लक्ष्यसहित यो कदम अघि सारेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्