Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपामा स्थानीय उम्मेदवार छनोट मापदण्डबारे केन्द्रिय छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा केन्द्रिय स्तरमा छलफल गरेको छ।

पार्टी केन्द्रिय समितिले विभिन्न विभागका प्रतिनिधिहरूसँग “स्थानीय उम्मेदवार क्लब” को मापदण्ड निर्माण सम्बन्धी विस्तृत छलफल गरेको हो। छलफलमा उम्मेदवार छनोटलाई पारदर्शी, योग्यतामूलक र समावेशी बनाउने विषयमा जोड दिइएको बताइएको छ।

पार्टीका अनुसार, स्थानीय आवश्यकतासँग मेल खाने सक्षम नेतृत्व चयन गर्न स्पष्ट मापदण्ड आवश्यक रहेको निष्कर्ष निकालिएको छ। साथै, उम्मेदवार छनोट प्रक्रियालाई संस्थागत र विश्वसनीय बनाउनेतर्फ पनि ध्यान केन्द्रित गरिएको छ।

मापदण्ड र कार्यविधिलाई अन्तिम रूप दिन आगामी दिनमा थप छलफल र परामर्श जारी रहने केन्द्रिय समितिले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्