Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा बैठक जारी, टिकटबारे प्रतिबद्धता नगर्न निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठक अहिले पनि जारी रहेको छ। बैठकमा हालसम्म भएका छलफलहरू अनुसार पार्टीका सांसदहरूको कार्यशैली, कागजातको एकरूपता तथा आगामी निर्वाचन तयारीलाई लिएर महत्वपूर्ण निर्णय तथा निर्देशनहरू जारी गरिएको छ।

बैठकले सांसदहरूलाई आफ्ना लेटरहेड, परिचयपत्र तथा अन्य आधिकारिक कागजातहरूमा एकरूपता कायम गर्न स्पष्ट निर्देशन दिएको छ। साथै कुनै पनि कागजातमा “माननीय” भन्ने सम्बोधन प्रयोग नगर्न पनि भनिएको छ।

त्यसैगरी, सांसदहरूलाई मेन्टर र सल्लाहकारसँग समन्वय गर्दै आवश्यक सुझाव र मार्गदर्शन लिने अभ्यास विकास गर्न आग्रह गरिएको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै उपयुक्त उम्मेदवार छनोट र पूर्वतयारीका लागि वैशाख २० गतेदेखि “Candidate Club” कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकमा भएको छ। यससँगै टिकट वितरणबारे कसैलाई पनि अनौपचारिक रूपमा प्रतिबद्धता नजनाउन कडा निर्देशन दिइएको छ।

पार्टी स्रोतका अनुसार निर्देशन उल्लंघन भएको पाइएमा अनुशासनात्मक कारबाही हुने चेतावनी पनि दिइएको छ।

पार्टीले संगठनभित्र अनुशासन, पारदर्शिता र व्यवस्थित प्रक्रियालाई प्राथमिकता दिँदै आगामी राजनीतिक गतिविधि अघि बढाउने रणनीति बनाइरहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्