Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले पुनः सिफारिस गरेपछि राष्ट्रपति पौडेलले सोमबार सो अध्यादेश जारी गरेका हुन् ।

यसअघि सरकारले सिफारिस गरेका आठ अध्यादेशमध्ये सात वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए । पछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जस्ताकोतस्तै पुनः सिफारिस गरेको थियो ।

त्यसपछि राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका हुन् ।

नयाँ अध्यादेशमा संवैधानिक परिषद्को बैठक सञ्चालन तथा निर्णय प्रक्रियासम्बन्धी व्यवस्थामा संशोधन गरिएको छ । अध्यादेशअनुसार परिषद्को बैठकमा चार जना सदस्य उपस्थित भएमा कोरम पूरा हुने र उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद् छ सदस्यीय निकाय हो । परिषदमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष सदस्य रहने व्यवस्था छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको यो अध्यादेशसँगै संवैधानिक निकायका पदाधिकारी सिफारिस र नियुक्ति प्रक्रियामा नयाँ कार्यप्रणाली लागू हुने अपेक्षा गरिएको छ ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्