Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रतिनिधिसभा निर्वाचनमा मौन अवधि सुरु: प्रचारप्रसार, हुलहुज्जत र मत मागमा कडाइ

१९ फागुन, काठमाडौं – आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मतदान अघिको ४८ घण्टादेखि लागू हुने यो अवधि निर्वाचन व्यवस्थापनमा विशेष महत्व राख्छ।

मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम र मतदाता लगायत सबै सरोकारवालाले निश्चित नियम पालना गर्नुपर्छ।

मौन अवधिमा लागू हुने नियमहरू

  • निर्वाचन प्रचार र छलफलमा रोक: कुनै पनि प्रकारको प्रचार, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाइँदैन।

  • भोजभतेर र हुलहुज्जत निषेध: बाजा बजाउने, नाचगान, सार्वजनिक भोज, जुलुस, सभा वा होहल्ला गर्न नहुने।

  • सामाजिक सञ्जालमा कडाइ: राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोष्ट वा शेयर गर्न नहुने।

  • मत माग्न निषेध: साउण्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा अन्य कुनै साधनबाट मत माग्न नपाइने।

  • मतदानमा बाधा नगर्नु: मतदान प्रारम्भ हुनु तीन घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रका कर्मचारीलाई बाधा पुर्‍याउन नहुने।

  • विज्ञापन हटाउनुपर्ने: दल र उम्मेदवारले सामाजिक सञ्जालमा गरिएको विज्ञापन तथा प्रचार सामग्री हटाउनुपर्ने।

  • मतदान केन्द्रमा शान्ति कायम राख्ने: मतदान केन्द्र वरिपरिका निजी वा सार्वजनिक स्थानमा शान्ति भंग, भय वा त्रास सिर्जना गर्ने कुनै पनि काम गर्न नहुने।

  • प्रचार सामग्री हटाउने: मतदान हुने दिनको ४८ घण्टा अघि मतदान स्थल वरिपरि तीन सय मिटर भित्र राखिएका प्रचार सामग्री हटाउनुपर्ने।

निर्वाचन आयोगले मतदातालाई शान्ति र निष्पक्ष वातावरणमा मतदान गर्न आग्रह गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्