Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

प्रधानमन्त्री सुशिला कार्की र सभापति रवि लामिछाने बीच शिष्टाचार भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आज प्रधानमन्त्री सुशिला कार्की सँग बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ।

भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक र सफल भन्दै बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले निष्पक्ष र शान्तिपूर्ण निर्वाचनमार्फत मुलुकले लोकतान्त्रिक निकास पाएको उल्लेख गर्दै सरकारको भूमिकाको प्रशंसा गर्नुभयो।

प्रधानमन्त्री कार्कीले पनि रास्वपाले निर्वाचनमा हासिल गरेको सफलताका लागि बधाई दिँदै जनअपेक्षा पूरा गर्न जिम्मेवार र एकताबद्ध भएर काम गर्न सुझाव दिनुभयो। उहाँले चुनौतीका बाबजुद इमानदारीपूर्वक काम गरे सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो।

भेटमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो। सभापति लामिछानेले वर्तमान सरकारका निर्णयप्रति आफ्नो पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै सरकारलाई आवश्यक सहयोग रहने बताउनुभयो।

साथै, उहाँले विदेशमा रहेका नेपाली विद्यार्थी र श्रमिकका समस्या तथा पेट्रोलियम आपूर्तिजस्ता विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्