Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मन्त्रिपरिषद् बैठक आज ४ बजे, बालेन शाहद्वारा आह्वान

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

सरकारले यसअघि सार्वजनिक गरेको १०० दिने कार्यसूची कार्यान्वयनका विषयमा बैठकमा छलफल हुने जनाइएको छ। त्यसका साथै सरकारका नियमित कामकारबाहीबारे पनि समीक्षा गरिनेछ।

यसैबीच, जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको सन्दर्भमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने एक मन्त्रीले बताएका छन्। अन्य सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्