Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

राष्ट्रिय सभा बैठकमा विपक्षी दलहरूको अवरोध

राष्ट्रिय सभा बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै बैठक अवरुद्ध गरेका छन्।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले बैठक सुरु हुनासाथ उठेर विरोध जनाएका हुन्।

विरोधपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै उक्त अभिव्यक्ति फिर्ता लिन तथा संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।

उनीहरूको विरोधका कारण बैठकको कार्यसूची प्रभावित भएको छ भने विपक्षी सांसदहरूले निरन्तर नाराबाजी गर्दै आफ्नो असन्तुष्टि जनाइरहेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्