Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

नेपालको शिक्षामा सहकार्य विस्तार गर्न नर्वे सरकार उत्सुक

नेपालको शिक्षा क्षेत्रको विकास र सुधारमा सहकार्य विस्तार गर्न Norway सरकार उत्सुक देखिएको छ।

सोमबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत डागनी म्योस बीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटका क्रममा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रमा नर्वेले पुर्‍याउँदै आएको सहयोग र आगामी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी विद्यालय शिक्षा सुधार, वर्तमान सरकारका प्राथमिकता र भविष्यका साझेदारीका विषयमा कुराकानी केन्द्रित रहेको थियो।

मन्त्री पोखरेलले नेपालको विद्यालय शिक्षा क्षेत्रमा विशेष गरी समावेशिता, समता, आधारभूत सिकाइ (फन्डामेन्टल लर्निङ) र जलवायु–मैत्री शिक्षा प्रणाली निर्माणमा नर्वेले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नर्वेको उन्नत शिक्षा प्रणालीको प्रशंसा गर्दै नेपालले त्यसबाट सिक्न सक्ने धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो।

राजदूत म्योसले नेपाल सरकारका प्राथमिकताहरूबारे आफू जानकार रहेको बताउँदै शिक्षा क्षेत्रमा सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले नेपालको विद्यालय शिक्षामा नर्वेको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने र थप विस्तार गर्ने इच्छा व्यक्त गर्नुभयो।

नेपालको शिक्षा प्रणाली सुधारका लागि अन्तर्राष्ट्रिय साझेदारी महत्वपूर्ण मानिँदै आएको छ। यस्तो सहकार्यले विशेषगरी विद्यालय तहमा गुणस्तर सुधार, पहुँच विस्तार र नवीन प्रविधिको प्रयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्