Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

नोरा फतेहीको गीत ‘सरके चुनर तेरी सरके’ विवादमा, युट्युबबाट हटाइयो

अश्लीलता र द्विअर्थी सामग्रीको आरोपपछि गीतविरुद्ध चर्कियो विरोध

बलिउड फिल्म ‘केडी : द डेविल’ को नयाँ गीत ‘सरके चुनर तेरी सरके’ सार्वजनिक हुनासाथ विवादमा परेको छ। सर्वसाधारणको तीव्र विरोध र कानुनी उजुरी बढेपछि गीत युट्युबबाट हटाइएको हो।

नोरा फतेहीसंजय दत्त फिचर्ड उक्त गीतमाथि अश्लीलता फैलाएको आरोप लागेको छ। गीतका शब्द र दृश्यप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।

यसैबीच, All Indian Cine Workers Association ले Central Board of Film Certification का अध्यक्ष प्रसून जोशी लाई पत्र लेख्दै गीतप्रति कडा आपत्ति जनाएको छ। संस्थाले यस्ता अश्लील र द्विअर्थी सामग्री भारतीय सिनेमाका लागि स्वीकार्य नहुने उल्लेख गरेको छ।

गीत सार्वजनिक भएको छोटो समयमै दर्शकहरूले ‘फोहोर’ र ‘द्विअर्थी’ भन्दै आलोचना गरेपछि निर्माता पक्षले एक दिनमै भिडियो हटाएको जनाइएको छ। हाल युट्युबमा लिंक खोल्दा ‘यो भिडियो प्राइभेट छ’ भन्ने सन्देश देखिन्छ। नोरा फतेहीले पनि आफ्नो इन्स्टाग्रामबाट भिडियो हटाएकी छन्।

विवादमा कलाकार तथा खेलकुद क्षेत्रका व्यक्तिहरूले पनि प्रतिक्रिया दिएका छन्। गायक अरमान मलिक ले यसलाई गीत लेखन क्षेत्रमा ‘गिरावटको उदाहरण’ भनेका छन् भने पूर्व क्रिकेटर हरभजन सिंह ले पनि सामग्रीप्रति असन्तुष्टि जनाएका छन्।

यता, National Human Rights Commission ले आपत्तिजनक शब्द प्रयोगबारे निर्माता पक्षलाई नोटिस जारी गरेको छ। साथै, एक सामाजिक अभियन्ताले Delhi Police Cyber Cell मा उजुरी दर्ता गराएका छन्। उजुरीमा गीतले समाजमा अश्लीलता फैलाएको आरोप लगाउँदै शब्दकार, निर्देशक र संगीतकारविरुद्ध कारबाहीको माग गरिएको छ।

गीत ‘केडी : द डेविल’ फिल्मको एक आइटम नम्बर हो, जसमा नोरा फतेहीले घाघरा–चोलीमा नृत्य गरेकी छन्। विशेषगरी पल्लु प्रयोग गरिएको हुक स्टेप सार्वजनिक भएसँगै चर्चा र विवाद दुवै चुलिएको हो।

 

यद्यपि, यस विषयमा अहिलेसम्म निर्माता, संजय दत्त वा नोरा फतेहीको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्