Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

नेपाल–पोर्चुगल सम्बन्धमा गति: उप–विदेशमन्त्री डा. आना इसाबेल जेभियर र मन्त्री शिशिर खनालबीच भेट

पोर्चुगलकी उप–विदेशमन्त्री Dr Ana Isabel Xavier ले नेपाल भ्रमणका क्रममा आज परराष्ट्रमन्त्री Shisir Khanal सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। तीनदिने भ्रमणमा नेपाल आउनुभएकी उहाँ परराष्ट्र सचिव Amrit Bahadur Rai को निमन्त्रणामा काठमाडौँमा रहनुभएको हो।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले पोर्चुगल सरकारले काठमाडौँमा कूटनीतिक नियोग स्थापना गर्ने निर्णयको स्वागत गर्दै त्यसका लागि नेपाल सरकारको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले पोर्चुगल सरकारले नेपाली नागरिकका कन्सुलर समस्याहरू समाधान गर्न देखाएको सकारात्मक पहलप्रति आभार व्यक्त गर्नुभयो।

यस अवसरमा मन्त्री खनालले १ अप्रिल २०२६ मा पोर्चुगलका समकक्षी Paulo Rangel सँग भएको टेलिफोन संवादलाई स्मरण गर्नुभयो।

भेटका क्रममा डा. जेभियरले मन्त्री खनाललाई हालैको नियुक्तिप्रति बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

यसअघि आजै परराष्ट्र सचिव राई र उप–विदेशमन्त्री जेभियरबीच द्विपक्षीय बैठक पनि सम्पन्न भएको थियो। उक्त बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका विभिन्न पक्षहरूको समीक्षा गर्दै सम्बन्धमा आएको सकारात्मक गतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका थिए। विशेषगरी सन् २०२६ फेब्रुअरीमा लिस्बनमा सम्पन्न नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकपछि सम्बन्ध थप सुदृढ भएको उल्लेख गरिएको थियो।

दुवै भेटमा पर्यटन, लगानी, व्यापार, श्रम, डिजिटाइजेशन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा नयाँ सम्भावनाहरू खोज्ने विषयमा प्रतिबद्धता दोहोर्‍याइएको छ।

परराष्ट्र सचिव राईले उप–विदेशमन्त्री जेभियर तथा उहाँको प्रतिनिधिमण्डलको सम्मानमा आजै दिवाभोजको आयोजना गर्नुभएको थियो।

उप–विदेशमन्त्री जेभियर १ मे २०२६ मा काठमाडौँबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्