Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

चुनावी गठबन्धनको अवस्था: कुन ठाउँमा कोसँग मिल्यो?

१९ माघ, काठमाडौं – गोरखा–१ र २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार छैनन्। गोरखामा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन प्रलोपाले जिल्ला इन्चार्ज यानप्रसाद भट्टको नेतृत्वमा तीन सदस्यीय राजनीतिक संवाद समिति बनाएको छ।

प्रलोपाका नेताहरूका अनुसार पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलहरूसँग संवाद गर्दैछ। गोरखा–२ मा प्रलोपाका संरक्षक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उम्मेदवार थिए। उम्मेदवारी फिर्ता लिनुअघि उनी माघ ९ गते चुनावी तालमेलको प्रस्ताव लिएर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्न गएका थिए।

प्रचण्ड र डा. भट्टराईबीच के कुरा भएको बाहिर आएको छैन। तथापि, डा. भट्टराईको सद्भाव गोरखाको दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले खोजिरहेका छन्।

प्रलोपा र श्रम संस्कृति पार्टी
प्रलोपाका नेता सुदन किरातीले सुनसरी–१ मा पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई र भोजपुरमा ध्रुवराज राईलाई समर्थन गरेका छन्। ध्रुवराज पनि श्रम संस्कृति पार्टीका उम्मेदवार हुन्। सुनसरी–१ र भोजपुरमा प्रलोपाका उम्मेदवार छैनन्।

२०७९ को निर्वाचनमा भोजपुरमा किरातीले एमालेका शेरधन राईलाई कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा दुई हजार ३२९ मतले पराजित गरेका थिए। तर समर्थनको परिणामस्वरूप श्रम संस्कृति पार्टीले प्रलोपालाई कहाँ सहयोग गर्छ भन्ने खुलेको छैन।

एमाले–प्रलोपा तालमेल
एमाले र प्रलोपाबीच चुनावी गठबन्धनको सहमति भइसकेको छ। माघ ११ गते कर्णाली प्रदेशमा केन्द्रित भएर गठबन्धन गर्ने सहमति भएको थियो।

सहमति अनुसार रूकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रूकुम पूर्वमा सन्दिप पुनलाई एमालेले सहयोग गर्नेछ। प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारलाई सहयोग गर्नेछ।

रूकुम पश्चिममा कुल १२ जना उम्मेदवार छन्। एमालेका तर्फबाट नन्दराम देवकोटाले उम्मेदवारी दिएका थिए, जसलाई निश्कृय गराएर जनार्दनलाई सहयोग गर्ने सहमति भएको हो। यस क्षेत्रमा कांग्रेस, नेकपा र रास्वपाबाट पनि उम्मेदवार छन्।

नेकपा–जनमोर्चा तालमेल
बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीबीच तालमेल छ। बागलुङ–१ मा जनमोर्चाका कृष्ण अधिकारी र बागलुङ–२ मा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार छन्।

गत निर्वाचनमा समानुपातिक तर्फ बागलुङ–१ मा जनमोर्चाले ४,९८६ मत, माओवादी केन्द्रले २,८५७ मत र नेकपा (एकीकृत समाजवादी)ले ४८२ मत पाएको थियो। यसपटक बागलुङ–१ र २ मा कांग्रेस, एमाले र रास्वपाबाट पनि उम्मेदवार छन्।

एमाले–राप्रपा संवाद
रूपन्देही–२ मा राप्रपाका कार्भिका थापाले उम्मेदवारी दर्ता गरेकी थिइन्, तर संवैधानिक कारणले फिर्ता लिइन्। यस क्षेत्रमा अन्य दलले राप्रपासँग तालमेल गर्ने प्रयास गरिरहेका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीले रूपन्देही–२ र अन्य स्थानका बारेमा निर्णय लिन बाँकी छ।

मनाङमा अनौठो तालमेल
हिमाली जिल्ला मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि तीन जनाको मात्र उम्मेदवारी बाँकी छ। २१ फागुनको चुनावमा नेपाली कांग्रेस, नेकपा र मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार मात्र रहेका छन्।

एमाले, रास्वपा, राप्रपा लगायत दललाई कांग्रेस र नेकपाले तालमेलका लागि आग्रह गरिरहेको छ। राप्रपाका प्रवक्ता श्रेष्ठका अनुसार मनाङको विषयमा पनि पार्टीले निर्णय लिन बाँकी छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्