Saturday, April 18, 2026
शनिबार, बैशाख ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 40.47 SELL AUD/NPR 105.11 SELL BHD/NPR 394.25 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी अगुवा रवि किरण हमाललाई छलफलका लागि बोलायो

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा उत्पन्न मानवीय तथा भौतिक क्षतिबारे विस्तृत अनुसन्धान अघि बढाएको छ। सोही सिलसिलामा आयोगले जेनजी आन्दोलनका अगुवा रवि किरण हमाललाई छलफलका लागि बोलाएको छ।

 

आयोगले माननीय सदस्य डा. लीलि थापाको संयोजकत्वमा गठन गरिएको अनुसन्धान समितिमार्फत उक्त प्रदर्शनका घटनाहरूको अध्ययन गरिरहेको जनाएको छ। आयोगका अनुसार अनुसन्धानको दायरामा प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको अवस्था, उनीहरूको उपचार प्रक्रिया, राहत तथा क्षतिपूर्तिको व्यवस्था, साथै राज्य पक्ष र सम्बन्धित सरोकारवाला निकायबाट भएका पहलहरू समेटिएका छन्।

 

यही प्रयोजनका लागि राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ ३० गते बिहान ११ बजे हरिहर भवन, पुल्चोकस्थित केन्द्रीय कार्यालयमा उपस्थित भई छलफलमा सहभागी हुन रवि किरण हमाललाई औपचारिक रूपमा पत्राचार गरेको हो। आयोगले घटनासँग सम्बन्धित सबै पक्षबाट तथ्य र धारणा संकलन गरी निष्पक्ष र वस्तुनिष्ठ प्रतिवेदन तयार गर्ने उद्देश्य राखेको जनाएको छ।

 

आयोगका अनुसार छलफलमार्फत प्रदर्शनको क्रममा देखिएका मानव अधिकारसम्बन्धी अवस्थाहरू, सुरक्षाकर्मीको भूमिकासँगै प्रदर्शनकारीहरूको अवस्थाबारे पनि जानकारी लिइनेछ। यसले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन तथा मानव अधिकार संरक्षणका उपायहरू सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

यसैबीच, जेनजी अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष उपस्थित भई घटनासम्बन्धी आफ्ना धारणा र अनुभवहरू राख्ने बताएका छन्। आयोगले सबै सरोकारवालासँग समन्वय गर्दै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने जनाएको छ।

 

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्