Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मालपोत र नापी कार्यालयमा बिचौलिया प्रवेश निषेध, सेवाग्राहीलाई सहज सेवा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत र नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ।

मन्त्रालयका अनुसार मन्त्री प्रतिभा रावलको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै सबै सम्बन्धित कार्यालयलाई परिचय खुल्ने कागजातका आधारमा मात्र सेवाग्राहीलाई प्रवेश गराउन पत्राचार गरिएको हो।

पछिल्लो समय विभिन्न बहानामा बिचौलियाहरू कार्यालय प्रवेश गरी महत्त्वपूर्ण कागजात र अभिलेखमा पहुँच राख्ने गुनासो बढेपछि यस्तो कडाइ गरिएको मन्त्रालयले जनाएको छ। अब अनधिकृत व्यक्तिलाई कार्यालयभित्र प्रवेश नदिइने र सरकारी कागजातमा पहुँच पनि पूर्ण रूपमा रोक लगाइनेछ।

मन्त्रालयले कार्यालयभित्रको भीड व्यवस्थापन, कागजातको सुरक्षा तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन यो कदम चालिएको स्पष्ट पारेको छ।

निर्देशनमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न नसकेको पाइएमा सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुने चेतावनी दिइएको छ। साथै कर्मचारीहरूले अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्ने व्यवस्था गरिएको छ।

 

यो व्यवस्था लागू भएसँगै सेवाग्राहीहरूले आफ्ना कागजात र निवेदन देखाएर सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्