काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगका पदाधिकारी प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो।
सरकारले असोज ५ गते भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको घटनाबारे छानबिन गर्न उक्त आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।
sl
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्