Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

जलेका गाडीको नाममा इन्धन दुरुपयोग : छानबिन गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिनुभएको छ।

‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीहरूले इन्धन लिने गरेको तथ्य बाहिरिएपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको हो।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ वटा र मातहतका अन्य निकायका ६ वटा गरी कुल २४ सवारी साधन जलेका थिए। पूर्ण रूपमा क्षति भई प्रयोगयोग्य नरहेका ती सवारी साधनकै विवरण देखाएर इन्धन सुविधा लिइँदै आएको पाइएपछि मन्त्री मेहताले कडाइका साथ छानबिन गर्न निर्देशन दिनुभएको हो।

मन्त्री मेहताले सरकारी स्रोतको दुरुपयोग कुनै हालतमा सह्य नहुने स्पष्ट पार्दै सत्यतथ्य पत्ता लगाई संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ। मन्त्रालयले छिट्टै छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्