Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

दुरुपयोगमा परेका सरकारी गाडी मन्त्रालय फिर्ता, स्वास्थ्यमन्त्रीको कडाइ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्रालयले मातहतका निकायमा दुरुपयोग भइरहेका सरकारी सवारी साधन फिर्ता तान्न सुरु गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता को निर्देशनपछि दुरुपयोगमा परेका गाडीहरू मन्त्रालयमै फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको हो।

मन्त्रालयका अनुसार सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरिरहेको गुनासो आएपछि मन्त्री मेहताले तत्काल छानबिन गरी सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिनुभएको थियो।

निर्देशनपछि हालसम्म फिर्ता ल्याइएका गाडीहरू मन्त्रालय परिसरमै राखिएको छ। ती सवारी साधन अब आवश्यकताका आधारमा र कानुनअनुसार मात्रै प्रयोग गरिने मन्त्रालयले जनाएको छ।

कानुनी व्यवस्थाअनुसार सह–सचिव वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधन प्रयोग गर्न पाउने प्रावधान रहेको छ। मन्त्रालयले यस व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्