Friday, April 17, 2026
शुक्रबार, बैशाख ५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 40.45 SELL AUD/NPR 104.55 SELL BHD/NPR 393.80 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी आयोग र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको छ।

 

आयोगको आज बसेको बैठकको निर्णयअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम तोकिएको समयसीमाभित्र घोषणापत्र बुझाउनुपर्नेछ।

 

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्नुपर्ने र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ।

 

दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम उक्त निर्देशन जारी गरिएको उहाँले जानकारी दिनुभयो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्