Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

धनगढीका मेयर नपुग्दै कुटिएको थियो वडा सदस्यको परिवार, प्रहरीले दिएन पूर्वजानकारी

बाजुरा–हुम्ला सीमा विवादका कारण साइपालको रानीसैन बेसक्याम्पतर्फ गइरहेको धनगढी उपमहानगरपालिकाको टोली बीच बाटोबाटै फर्किएको छ। विवादित लाम्पाटा क्षेत्रमा आक्रोशित समूहले ढुंगामुढा गरेपछि मेयर गोपाल हमाल नेतृत्वको टोली फर्किन बाध्य भएको हो।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत धनगढीबाट गएको टोलीलाई स्थानीयले अघि बढ्न नदिएको र ढुंगामुढा गर्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

घटनाअघि नै हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङमाथि कुटपिट भएको खुलेको छ। प्रहरी चौकी निर्माणका लागि जग्गा दिएको विषयलाई लिएर उनीहरूमाथि आक्रमण गरिएको स्थानीयको भनाइ छ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्ल का अनुसार ३ जेठमै वडा सदस्यको घरमा आक्रमण, कुटपिट र लुटपाटसमेत भएको थियो। तर सञ्चार सम्पर्क कमजोर भएका कारण घटनाको वास्तविक अवस्था बाहिर आउन सकेको थिएन।

अध्यक्ष मल्लले प्रहरी प्रशासनले पर्याप्त जानकारी नदिँदा स्थिति थप जटिल बनेको बताए। उनका अनुसार जिल्ला प्रहरी प्रमुखले “स्थिति सामान्य भइसकेको” जानकारी दिएपछि मात्रै धनगढीको टोली अघि बढेको थियो। तर घटनास्थल पुग्दा अवस्था तनावपूर्ण रहेको उनले बताए।

मेयर हमालले पनि सीमा विवाद र कुटपिटको घटनाबारे पूर्वजानकारी नपाएको बताएका छन्। “त्यहाँ यस्तो द्वन्द्व छ भन्ने थाहा भएको भए हामी जाँदैनथ्यौँ,” उनले भने।

घटनापछि घाइते वडा सदस्यसहितलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्