Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मन्त्रिपरिषद् बैठक : क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डंगोललाई क्यानको महानिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले सञ्चारकर्मीलाई जानकारी दिँदै मन्त्रिपरिषद्ले सहकारीमा देखिएको बेथितिबारे अध्ययन गर्न गठित जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको बताउनुभयो ।

बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । निर्णयअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३ हजार ६६० र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु ३ हजार ८६० कायम गरिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने “लेटर अफ रिप्लाईङ” स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्