Sunday, August 02, 2026
आइतबार, श्रावण १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सुरक्षा संयन्त्र अध्ययन गर्न तीन सदस्यीय समिति गठन, मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको प्रभावकारिता अध्ययन गरी सिफारिस पेश गर्न तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले समितिमा सशस्त्र प्रहरी बलका पूर्व एआईजी सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई सदस्य रहने जानकारी दिनुभयो।

समितिलाई गत भदौ २३ र २४ गतेका घटनाबारे गठित छानबिन आयोगले पेश गरेको प्रतिवेदनको कार्यान्वयनका सन्दर्भमा सुरक्षा संयन्त्रको अध्ययन गरी सुझाव दिन जिम्मेवारी दिइएको छ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलापसँग सम्बन्धित कोषका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने १० लाख स्वीस फ्रान्क बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधिसभामा जानकारीका लागि पेश गर्ने निर्णय गरिएको छ।

राजस्व प्रशासन सुदृढीकरणका लागि विभिन्न कर कार्यालयका प्रमुख तथा अधिकृतहरुलाई तोकिएको कार्यक्षेत्रमा अन्तःशुल्क अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८२ स्वीकृत गर्नुका साथै आर्थिक तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८२ पनि पारित गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्