Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

भारत बजेटमा नेपालका लागि सहायता रकम वृद्धि

भारतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता रकम बढाएको छ। भारतको ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपालका लागि छुट्याइएको अनुदान रकम ८०० करोड भारतीय रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०० करोड रुपैयाँले बढी हो।

विश्लेषकहरूका अनुसार सहायता रकमको यो वृद्धिले नेपालमा पूर्वाधार विकास, सीमा क्षेत्रका परियोजना तथा सामाजिक क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

क्षेत्रीय सम्बन्धलाई प्राथमिकतामा राख्दै भारतले नेपालसँगै भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम वृद्धि गरेको छ। भारतको यो कदमलाई नेपाल–भारतबीचको विकास साझेदारी निरन्तर अगाडि बढिरहेको संकेतका रूपमा हेरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्
Guest User Feb 01, 2026

Good , thank you for updates all news