Sunday, September 13, 2026
आइतबार, भाद्र २८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.07 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

बारा हत्या काण्ड: प्रेमीसँग मिलेर श्रीमान र सासूको हत्या गरेको आरोपमा मनिता देवी पक्राउ

बारा जिल्लामा भएको दोहोरो हत्याकाण्डमा संलग्न रहेको आरोपमा मृतक रामेश्वर मण्डलकी पत्नी मनिता देवी मण्डल पक्राउ परेकी छन्। प्रहरीले मनिता देवीले आफ्ना प्रेमी धमेन्द्रसँग मिलेर आफ्नै श्रीमान २८ वर्षीय रामेश्वर मण्डल र सासू ४६ वर्षीया सुमिन्त्रा देवीको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटना परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा भएको हो। गत राति सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी आमा–छोराको हत्या गरिएको थियो। घटनामा गम्भीर घाइते भएका अन्य एक सदस्यको उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रहरीले घटनापछि फरार रहेकी मनिता देवी मण्डल र उनका प्रेमी धमेन्द्रलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। प्रारम्भिक सोधपुछमा मनिताले प्रेम सम्बन्धका कारण योजनाबद्ध रूपमा हत्या गराएको आशंका गरिएको प्रहरीले बताएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्