Saturday, August 01, 2026
शनिबार, श्रावण १७, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रवि लामिछाने शिक्षण अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उप–प्रधान तथा गृह मन्त्री रवि लामिछाने उपचारपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जबाट डिस्चार्ज भएका छन्।

 

अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, २०८२ माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई सेलुलाइटिसको समस्या देखिएको थियो।

 

उक्त समस्याका कारण २०८२/१०/१३ गते शिक्षण अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएका लामिछानेको नशाबाट (IV) एन्टिबायोटिक्समार्फत उपचार गरिएको थियो। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएसँगै २०८२/१०/१५ गते उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

 

यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका केही फोटोहरू शिक्षण अस्पतालसँग सम्बन्धित नरहेको स्पष्ट पार्दै अस्पताल प्रशासनले भ्रामक सूचनाप्रति ध्यान नदिन आग्रह गरेको छ।

 

प्रेस विज्ञप्तिमा अस्पताल व्यवस्थापन अधिकृत सागर पौड्यालले उक्त जानकारी सार्वजनिक गरेका हुन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्