Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता, हैदराबाद हाउसमा छलफल

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ।

बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच औपचारिक भेटवार्ता भएको हो। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा क्षेत्रीय हितका विषयमा छलफल भएको बताइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भएको भेटवार्ताबारे जानकारी दिएका छन्। उनले भेटलाई सकारात्मक र सौहार्दपूर्ण भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

लामिछाने हाल भारतको औपचारिक भ्रमणमा रहेका छन्, जहाँ उनले भारतीय उच्च राजनीतिक नेतृत्वसँग श्रृंखलाबद्ध भेटवार्ता गरिरहेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्