Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

वीरगन्जमा डा. महावीर पुन स्वयंले बेचे आत्मकथा, आम्दानी कृषि औजार कारखानामा लगानी गर्ने

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन सोमबार बिहान वीरगन्ज पुगेर आफ्नै आत्मकथा पुस्तक बिक्री गरेका छन्। म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलोपटक वीरगन्ज आएका पुनले बिहानैदेखि पुस्तक प्रचार तथा बिक्री अभियान सञ्चालन गरेका हुन्।

बिहान ८ बजेदेखि ११ बजेसम्म उनले वीरगन्जको घन्टाघर चोक र रामजनम तिवारीको सालिक परिसरमा बसेर पुस्तक बिक्री गरे। सडकमै पुस्तक लिएर निस्किएका पुनलाई साथ दिन स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति देखिएको थियो।

पुस्तक बिक्रीका क्रममा उनले नागरिकहरूलाई पुस्तक खरिद गरेर आफ्नो अभियानलाई सहयोग गर्न आग्रह गरेका थिए। घन्टाघर क्षेत्रपछि कृषि औजार कारखानामा पुगेर पनि पुस्तक बिक्री गर्ने योजना रहेको उनले जानकारी दिए।

पुनका अनुसार पुस्तक बिक्रीबाट उठ्ने सम्पूर्ण रकम बन्द अवस्थामा रहेको कृषि औजार कारखाना पुनः सञ्चालनमा खर्च गरिनेछ। यस अभियानमार्फत हालसम्म करिब ५० जनालाई रोजगारी प्रदान गर्न सफल भएको उनले बताएका छन्।

स्वदेशमै उत्पादन वृद्धि गर्ने र युवाहरूका लागि रोजगारी सिर्जना गर्ने दीर्घकालीन लक्ष्यसहित आफू अभियानमा लागेको पुनले स्पष्ट पारे। उनको यो पहलले स्थानीय स्तरमा सकारात्मक सन्देश फैलाउनुका साथै उद्यमशीलताप्रति नागरिकको चासो बढाएको देखिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्