Thursday, July 30, 2026
बिहीबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
अर्थ

तीन वर्षभित्र ९० प्रतिशत नागरिक स्वास्थ्य बीमाको दायरामा, कार्यक्रम पुनर्संरचना गरिने

सरकारले आगामी तीन वर्षभित्र देशका ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने लक्ष्य लिएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन व्यापक पुनर्संरचना गरिने घोषणा गरेका हुन्।

उनका अनुसार हाल विभिन्न निकायमार्फत सञ्चालन भइरहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम तथा स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गरिनेछ। साथै, सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन ‘एकल भुक्तानी प्रणाली’ लागू गरिने सरकारको योजना छ।

अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमाको सर्वव्यापीकरणमार्फत आगामी तीन वर्षभित्र ९० प्रतिशत नेपालीलाई बीमाको पहुँचमा पुर्‍याउने र नागरिकले आफ्नै खर्चबाट उपचारमा गर्नुपर्ने व्ययमा उल्लेखनीय कमी ल्याउने अपेक्षा गरिएको बताए।

सरकारले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार, उपचार खर्च घटाउने तथा सामाजिक सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्